नेपालमा कोरोना अपडेटः कुन जिल्लामा कति थपिए संक्रमित ? समग्र विवरणसहित

काठमाडौं । नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

सुनसरी २ जना, इलामका २ जना, सप्तरीका ८ जना, उदयपुरका १ जना, इलामका १४ जना, सर्लाहीका ५ जना, धनुषाका १२ जना, महोत्तरीका १७ जना, सिरहाका २ जना, बाराका २८ जना, पर्साका १५१ जना, गोरखाका ३ जना, कपिलवस्तुका ९ जना, काठमाडौंका ५७ जना, ललितपुरका ५ जना, मकवानपुरका ४ जना, रौतहटका २ जना, धादिङ्का २ जना, सिन्धुपालचोकका १ जना, स्याङजाका १७ जना, बाग्लुङका २ जना, बाँकेका १३ जना, दाङका १ जना, सुर्खेतका १० जना, कालीकोटका १ जना र बझाङका ११ जना

यी ४ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

महोत्तरी
रौतहट
कैलाली
पर्सा

हाल कोरोना संक्रमित नभएका यी ७ जिल्ला

भोजपुर
मुस्ताङ
संखुवासभा
मनाङ
खोटाङ
धनकुटा
रुकुम (पुर्व)

बढ्यो जोखिम बुधवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ? 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ५७ जना काठमाडौंका र ५ जना ललितपुरका रहेका छन् ।

स्वास्थ्यमन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १४ र ललितपुरका १, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ र ललितपुरका २, स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ र ललितपुरका २, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११, बीआईडीएच प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जनामा गरि आज उपत्यकामा एकैपटक ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (मंगलवार) पनि काठमाडौं उपत्यकामा ६२ जनामै कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

कोरोनाको कारण एकैदिन पर्सामा २ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साकी १८ वर्षीया युवती, पर्साकै अर्का ४६ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं ९ निवासी १८ वर्षीया युवती रहेकी छिन् । उनको साउन १९ गते सोमवार मृत्यु भएको हो । झाडापखालाको कारण सिकिस्त बिरामी उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको आशंकामा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ५ बस्ने वर्ष ४६ का पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको हो । उनको आज बिहान ६ बजे अस्थायी कोभिड अस्पतालमा दुखद निधन भएको हो ।

कुन प्रदेशमा कति जना कोरोना संक्रमण मुक्त ?  

प्रदेश १ मा ९१६ जना

प्रदेश २ मा ३२१२ जना

वाग्मती प्रदेश ५४३ जना

गण्डकी प्रदेशमा १३६२ जना

प्रदेश ५ मा ४०८८ जना

कर्णाली प्रदेशमा १७४४ जना

सुदूरपश्चिम प्रदेशमा ३२९१ जना

 

अब नेपालमा १० हजार भन्दा कम मानिस क्वारेन्टाइनमा

हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ ।

जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२ जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ११जना, बागमती प्रदेशमा ७ सय ९८ जना, गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?