कोरोनाबाट थप ३ को मृत्यु

काठमाडौ । बुधबार कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकका सर्लाहीका १ र मोरङका २ जना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै मोरङमै उपचाररत विराटनगर ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा पर्साका २ जनाको मृत्यु भएको जानकारी दिएको थियो । थप ३ जनाको विषयमा भने औपचारिक जानकारी दिइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?