भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७ बर्षे किशोरले फाईल शेयरिङ एप बनाएको छ ।
जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक मेहमूद चौधरीले फाईल शेयरिङ एप ‘डोडो ड्रप’ बनाएको छ जसमार्फत प्रयोगकर्ताहरूलाई दुई उपकरणहरूको बीचमा अडियो, भिडियो, फोटोहरू र टेक्स्ट्हरू इन्टरनेट बिना नै शेएर गर्न सकिन्छ ।
एएनआईसँग कुरा गर्दै अशफाक मेहमूदले भने कि, ‘डोडो ड्रप’ चिनियाँ एप ‘SHAREit’ को विकल्प हो।
“भारत सरकारले प्राइबेसी उल्लघनका कारण थुप्रै चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको छ र ती मध्ये ShareIt मा एक हो । चौधरीले भने, “प्रतिबन्धको कारण प्रयोगकर्ताहरूले फाईल शेएरिङगमा समस्या झेल्नुपरेको थियो, त्यसैले मैले यो फाईल-साझेदारी एप बनाउने निर्णय गरें। ‘डोडो ड्रप’ को साथ, प्रयोगकर्ताहरूले अडियोहरू, भिडियोहरू, फोटोहरू र टेक्स्ट्हरू पनि साझा गर्न सकिने उनले थप बताए ।
अशफाकले एप्लिकेसन बनाउन उनलाई चार हप्ता लागेको र यस वर्ष १ अगस्तमा सार्बजनिक गरिएको पनि जानकारी गराए । ‘डोडो ड्रप’को ८० एमबीपीएसको ट्रान्सफर रेट छ जुन SHAREit भन्दा छिटो छ र प्रयोग गर्नको लागि धेरै सहज छ।
भारतको सूचना प्रविधि मन्त्रालयले गत जुलाईमा ४७ बटा र जुनमा ५९ बटा एपहरूमा प्रतिबन्ध लगाएका थिए। यी प्रतिबन्धित क्लोनहरूमा SHAREit, लाइट, टिक्टोक लाइट, हेलो लाइट, BIGO LIVE लाइट, र VFY लाइट समावेश थियो।
यी एपहरू भारतको सार्वभौमिकता र अखण्डताबिरोधी एबम सूचनाको चोरीमा संलग्न थिए भन्ने जानकारीको आधारमा प्रतिबन्धित गरिएको थियो।
लगभग सबै प्रतिबन्धित चिनियाँ एपहरूरुचि चिनीयाँ हुन । (एएनआई)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया