चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।

मङ्गलबार साँझ खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई वर्षासँगै परेको चट्याङ् लागी घाइते भएका थिए । घाइते प्रेमलाई उद्धार गरी स्थानीय क्लिनिक लामिडाँडामा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ ।

उपचारको लागि क्लिनिकमा लगिएको र आज उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?