६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । ओखलढुङगामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

ओखलढुङगाको चिशंखुगढी गाउँपालिका-१ ठुलीबेसी बस्ने १९ वर्षीय लोकराज अधिकारीलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले सोमबार साँझ ती बालिकालाई चकलेट दिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?