ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गर्ने पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका-२ व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ सिद्धपोखरी बस्ने २२ वर्षीय प्रवेग श्रेष्ठ र सोही नगरपालिका-१० कमलविनायक बस्ने २१ वर्षीया रितु श्रेष्ठ रहेका छन् ।

मादक मादक पदार्थ सेवन गरी उनीहरु २ जना र भक्तपुर नगरपालिका-६ बस्ने २३ वर्षीय अमित अवासबीच झै-झगडा हुँदा उक्त स्थानमा महानगरीय प्रहरी प्रभाग व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

साथै झगडामा घाइते भएका अमितलाई भक्तपुर अस्पतालमा उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?