काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधवार) अयोध्याको राम मन्दिरमा शिलान्यास गरेसँगै लामो समयदेखिको प्रतिक्षारत समय सकिएको छ ।

उनले भारतमा बन्न लागेको राम मन्दिरले भारतीय संस्कृति झल्काउने बताएका छन् । मोदी स्वयं नै राम मन्दिरमा धोती र कुर्ता लगाएर भूमि पूजा गरेका छन् ।
यसबीचमा उनले राम मन्दिरमा गरेको शास्टांग दण्डवत अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
उनको फोटोहरुमा हामीले देख्न सक्छौँ कि, मोदीले मास्क लगाएर पूजा गर्न बसेका छन् । उनले पुजा गरेसँगै त्यहाँ पारीजातको वृक्ष पनि रोपेका छन् ।
यी विभिन्न तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।






















![]()


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया