काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आज हुने भनिएको भेटघाट अन्तिम अवस्थामा आएर स्थगित भएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता ५ बजेका लागि तय गरिएको थियो । आज बैठक बस्न नसक्ने भन्दै भोलीको लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि एक हप्तापछि आइतवारबाट छलफल शुरु भइरहेको छ । हिजो पनि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङलाई साक्षी राखेर वार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया