काठमाडौं । हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ ।
जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२ जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ११जना, बागमती प्रदेशमा ७ सय ९८ जना, गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया