हेर्नुहोस् २०७७ साल साउन २२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन २२ गते । बिहीवार । इ.स. २०२० अगष्ट ०६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । नेपाल संवत् ११४० । भाद्र कृष्णपक्ष । तिथी तृतीया,२२ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी ।

नक्षत्र–शतभिषा,११ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग शोभन,०६ बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड । करण– वणिज,१० बजेर ०८ मिनेट उप्रान्त भद्रा,२२ बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा– वज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ५ बजेर ३० मिनेटमा, सूर्यास्त १८ बजेर ४७ मिनेटमा । दिनमान ३३ घडी १३ पला । पञ्चक।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो लगानीबाट शुरु गरिएका व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यवासयमा लगानी गरि आम्दानी गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्या अरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेको छ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नाँफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ । पढाई लेखाईकै शिलशीलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबीच अझ विश्वास बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यवसायमा लगानि गर्नको लागी केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । पढाई लेखाईमा कडा मिहेनत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै शिलशीलामा छोटो दुरिको यात्राको तय हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरिमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाई लेखाई सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरिको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रशन्न हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्तहरु टाडिनेछन् भने आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्यम रहेपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्वसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अरुको विश्वास गर्नाले धोका पाईनेछ भने आश्वासन बाँड्नेदेखि सजक रहनुहोला । एकपटक हुने काम पुनह अर्कोपटक गर्नुपर्ने अवस्था आउनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । तरपनि राजनीति तथा सामाजिक काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाएपनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाई लेखाईमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय राम्रो रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?