काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार १ सय ५६ रहेको छ ।
कुल कोरोना संक्रमित मध्ये ७०.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ९१६ जना
प्रदेश २ मा ३२१२ जना
वाग्मती प्रदेश ५४३ जना
गण्डकी प्रदेशमा १३६२ जना
प्रदेश ५ मा ४०८८ जना
कर्णाली प्रदेशमा १७४४ जना
सुदूरपश्चिम प्रदेशमा ३२९१ जना
नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया