बढ्यो जोखिम : बुधवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ५७ जना काठमाडौंका र ५ जना ललितपुरका रहेका छन् ।

स्वास्थ्यमन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १४ र ललितपुरका १, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ र ललितपुरका २, स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ र ललितपुरका २, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११, बीआईडीएच प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जनामा गरि आज उपत्यकामा एकैपटक ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (मंगलवार) पनि काठमाडौं उपत्यकामा ६२ जनामै कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज भेटिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?