ललितपुर । ललितपुर जिल्लामा बितेको २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा गरिएको परीक्षणको क्रममा १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना, स्टार अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौंमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
आज मात्रै काठमाडौंमा ५७ र ललितपुरमा ५ जनागरी काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया