यी ४ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित उपचाररत भएका ४ जिल्ला

  • महोत्तरी
  • रौतहट
  • कैलाली
  • पर्सा

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?