काठमाडौं । भारतमा आज (बुधवार) राम मन्दिर निर्माणका लागि शिलान्याश कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ट अथितिको उपस्थिति रहेको थियो ।
उक्त शिलन्याश समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले शताब्दीदेखिको पर्खाई आज आएर समाप्त भएको बताएका छन् ।
मोदीले भने, ‘पूरा भारत राममय भएको छ। पूरा देश रोमाञ्चक भएको छ। हरेक मन दीपमय छ, पूरा भारत भावुक छ, सदियौंको पर्खाई आज समाप्त भएको छ, टुट्ने र फेरि उठ्ने प्रक्रियाबाट आज राम जन्मभूमि अयोध्या मुक्त भएको छ। जय सियाराम,’
प्रधानमन्त्री मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीका कारण जोडिएको बताएका छन्।
उनले भने, ‘त्यसैले रामसँग जोडिएका सबै देशमा अयोध्यामा राम मन्दिर निर्माणको खबर सुनेर सुखद अनुभूति भइरहेको होला ।’
नेपालसङग भगवान श्री रामको आत्मीय सम्बध माता जानकीसङग जोडिएको छ । – प्रधानमन्त्री श्री नरेन्द्र मोदी pic.twitter.com/XlA2njeJe6
— IndiaInNepal (@IndiaInNepal) August 5, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया