एन आई सी एशियाद्वारा नयाँ ‘एप’ सार्वजनिक, कर्जाबाट हुने फाइदा आफैँ जाँच्न सकिने !

काठमाडौं । एन आई सी एशिया बैंकले सार्वजनिक गरेको ‘Loan Benefit Calculator‘ मार्फत विभिन्न योजनाहरुको मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण आफैँले हेर्न सकिने भएको छ ।

बैंकले यसअघि नै ग्राहकहरुको लागि सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ल्याएको छ ।

वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण रहेका उक्त कर्जाहरूमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भइरहेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘Loan Benefit Calculator’ बाट हेर्न सकिने व्यवस्था गरेको हो ।

सेवाको प्रयोग कसरी गर्ने ?

सेवाग्राहीहरूले यस बैंकको वेबसाइट www.nicasiabank.com मा गएर ‘Loan Benefit Calculator‘ मा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्नेछन् । सो ‘Loan Benefit Calculator’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नेछन् र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सक्ने बैंकले जनाएको छ ।

सहज तथा सरल बैंकिङ्गको अभ्यासमा जोड दिँदै आएको बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । यसमा ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ ।

सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकहरूले यस बैंकको वेबसाइटमा गई Loan Status समेत आफै Track गर्न सक्नेछन् ।

यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?