मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार- २०७६’ का लागि सात वटा पुस्तकहरू छनौट गरेको छ।

गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ वटा पुस्तक छनौट गरेको हो।

मदन पुरस्कारका लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १ – ३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छनौटमा परेको हो ।

प्राप्त १५१ पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो।

छनौटमा परेका यी पुस्तकमध्येबाट एउटा पुस्तकलाई ‘२०७६ सालको मदन पुरस्कार’ दिइनेछ।

मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध पुरस्कार हो। मदन पुरस्कार गुठीले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?