रोनाल्डोलाई पछि पार्दै ‘प्लेयर अफ दी ईयर अवार्ड’ ड्याबालाको पोल्टामा

काठमाडौं । युभेन्टसका फरवार्ड पाउल ड्याबालाले सिरि ए ‘प्लेयर अफ दी ईयरु अवार्ड’ हात पारेका छन् । युभेन्टसकै अर्का स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले ‘प्लेयर अफ दी ईयर अवार्ड’ हात पारेका हुन् ।

पहिलो सिजनमा ‘प्लेयर अफ दी ईयर अवार्ड’ हात पारेका रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको अवार्ड आफ्नो नाममा गरे । ईटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडीलाई मुल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो ।

यस सिजनमा ड्याबालाले ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए । रोनाल्डोले यस सिजन सिरि ए मा ३१ गोल गरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?