लण्डन क्लब फुलहम प्रिमियर लिगमा बढुवा

काठमाडौं । लण्डन क्लब फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिपको प्ले अफमा ब्रेन्टफोर्डलाई पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो ।

मंगलबार राति ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो ।

वेम्बलीमा खेलको निर्धारित समय र थप गरिएको समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा जोइ ब्रायनले दुई गोल गरेपछि फुलहम प्रिमियर लिगमा बढुवा भएको हो ।

यस्तै अतिरिक्त समयमा ब्रेन्टफोर्डका हेन्रिक डालसगार्डले एक गोल फर्काएका थिए । गत सिजन रेलिगेसनमा परेको फुलहमले एक सिजनपछि नै प्रिमियर लिग फर्किएको हो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?