काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा उपाध्यक्ष बामदेव गौतमबीचको भेटघाटको विषयमा भएको टिकाटिप्पणीबारे गौतमको सचिवालयले प्रष्ट पारेको छ । पार्टी अध्यक्ष प्रचण्डको पक्षमा पूर्णरुपमा देखिएको गौतम पछिल्लो समय प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएको भनिएका बेला भेटघाटको विषयमा टिकाटिप्पणी भइरहेको हो । दुई नेताबीच हिजो(मंगलवार) गौतम निवास भैँसेपाटीमा भेटघाट भएको थियो ।
भेटघाटका क्रममा प्रचण्ड र गौतमबीच पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गरेको सचिवालयले जनाएको छ ।”उक्त भेटमा अध्यक्ष क प्रचण्डले उपाध्यक्ष क गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो । “सचिवालयले भनेको छ ।
साथै उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको सचिवालयले स्पष्ट पारेको छ ।
पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला गत साउन १३ गते गौतमले पार्टी विग्रह तत्काल रोक्नका भन्दै गौतमले दुबै अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव अघि सारेका थिए । र उक्त प्रस्तावमा प्रम ओलीले समेत सहमती जनाएका थिए ।
उक्त प्रस्वावपछि ओलीपक्षसँग गौतमको साँठगाँठ मिलेको भन्ने हल्लाकाबीच गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेको सचिवालयले भनाइ रहेको छ ।
सचिवालयका अनुसार ‘अब तपाईं के गर्नुहुन्छ ? ’ भेटघाटमा प्रचण्डले गौतमलाई सोधे ।
‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ गौतमले उत्तर दिएको सचिवालयले गौतमको भनाइलाई उद्रृत गर्दै भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया