काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरवार प्रवेशमा कडाई गरिएको थियो ।
सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सिंहदरवारभित्रका कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर प्रवेश दिइने भएको छ ।
सरकारले गत साउन ७ गते लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै देशका धेरै जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ । भने काठमाडौं उपत्यकामा बाहिरबाट आउने मानिसको संख्या बृद्धि भएसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो मात्र उपत्यकामा मात्र ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया