गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो । संक्रमितहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?