सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो ।

मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ ।

यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ प्रतितोला पुगेको छ ।

कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण विश्वव्यापी रुपमा बढेपछि सुनको मूल्य अचाक्ली बढेको छ । मूल्य बढेसँगै कारोबार ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?