मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पोजेटिभ, पटक पटक बान्ता भएको थियो

काठमाडौं – पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको बताईएको छ ।

पटक – पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीको मंगलबार राति गरिएको कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको हो । हालसम्म नेपालमा कोरोना भाईरसको कारण ५९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?