निर्मला प्रकरणमा राज्यले दुई किसिमले न्याय दिनुपर्छ : एसपी विष्ट

काठमाडौं – बलात्कारपछि हत्या गरीएकी बालिका निर्मला पन्त प्रकरणमा राज्यले दुई किसिमले न्याय दिनुपर्ने एसपी दिल्लीराज विष्ट बताउँछन् ।

कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएपछी एसपी विष्टले पूर्वाग्रह र प्रतिशोधबाट होइन आधार, सम्बन्ध, तथ्य र प्रमाणले काम गरीन्छ भन्ने संदेश राज्यले दिन सक्नुपर्ने धारणा राखेका हुन् ।

उनी लेख्छन् :

पहिलो कुरा पुनरावलोकन समिति प्रतिवेदन अनुसार अनुसन्धानलाई एकीकृत निष्कर्षमा पुर्याई मृतक निर्मला पन्तलाई न्याय दिने। दोस्रो कुरा प्रहरी कर्मचारीहरुलाई सरकारको तर्फबाट कसैको दबाब,प्रभावको वास्ता नगरी इमान्दारी पूर्वक निडर र निर्भिक भई कर्तव्य पालनमा खटिएको अवस्थामा कारवाही गरिएकाले उनीहरू मध्ये निलम्बनमा परेकालाई ससम्मान फुकुवा गर्ने र नोकरी बाट हटाइएका प्रहरी कर्मचारीहरुलाई पुनर्वहाली गर्ने। तत्कालीन जिल्ला प्रहरी प्रमुख दिल्ली राज विष्टलाई भएको अपमान र मानवाधिकार हननको क्षतिपूर्ति दिई यही अवधिमा पटक सम्म प्रमोसनको अवसरबाट समेत वञ्चित हुनु परेकोले पदोन्नति सहित पुनर्वहाली गरिनु पर्छ।

गलत प्रवृत्तिहरू हावी भएर इमान्दार राष्ट्रसेवक कर्तव्य पालन गर्दा गर्दै पीडित हुनु परेको यो दुःखद अवस्थाको अन्त्य गर्न र सम्पूर्ण प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न नेपाल सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ। भ्रम अफवाह छरेर घटनालाई गलत बाटो तर्फ धकेलेर धनजनको क्षति गर्ने अनुसन्धानको दायरामा सोधपुछको लागि ल्याइएका सबैलाई सडकबाटै फैसला गरी अनुसन्धानमा अवरोध मात्र होइन निष्कर्षमा पुग्नै लागेको अनुसन्धानलाई तधष्कत बलम तगचल गराएर बिथोल्नेहरुलाई कानूनी दायरामा ल्याउन सके मात्र कानूनी राज्यको महसुस गर्न सकिने छ। भविष्यमा हुने अनुसन्धान सडकबाट भीडमा केही व्यक्तिहरूको पूर्वाग्रह र प्रतिशोधबाट होइन आधार, सम्बन्ध, तथ्य र प्रमाणले गर्छ भन्ने कुराको संदेश राज्यले दिन सक्नु पर्छ।

यसअघि पनि विष्टले अदालतबाट सफाइ पाएलगत्तै अन्याय र अत्याचारको विरुद्व संघर्ष गर्दै न्यायको पक्षमा निडर र निर्भिक भई जीवनको अन्तिम क्षण सम्म देश र जनताको सेवामा समर्पित रहने बताएका थिए ।

उनले लेखेका छन्  :
इमान्दारीपूर्वक कर्तव्य पालनमा खटिएका प्रहरी कर्मचारीहरुलाई केही व्यक्तिहरूबाट पूर्वाग्रह र प्रतिशोध राखी षडयन्त्र, भ्रम,अफवाहहरुका रहस्यमय छालहरुले हिलो छ्याप्ने, अपमानपूर्ण व्यवहार गर्ने र बदला लिने कार्य हुँदा सही र यथार्थताको लागि वकालत गर्नु हुने सम्पूर्ण अग्रजज्यूहरु, शुभ चिन्तकज्यूहरु, दाजु(भाइ( दिदी( बहिनीहरु सहित फेसबुक मित्रहरुमा यहाँहरुबाट प्राप्त अमूल्य हौशला, उत्साह, सदभाव,सहानुभूति राखी परिस्थितिको सामना गर्न सक्ने सकारात्मक ऊर्जा र आत्म बल बढाउन योगदान गर्नु भएकोमा हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दछु। साथै आगामी दिनहरुमा पनि धैर्यता, संयमता , सहनशीलता सहित हरेक पलहरुमा उच्च मनोबलका साथ सकारात्मक सोच राखी अन्याय र अत्याचारको विरुद्व संघर्ष गर्दै न्यायको पक्षमा निडर र निर्भिक भई जीवनको अन्तिम क्षण सम्म देश र जनताको सेवामा समर्पित रहने कुरामा विगत दिनहरूमा जस्तै पूर्ण प्रतिबद्ध रहने छु। धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?