लेबनानमा मंगलवार अचानक भयो यस्तो, ७८ जनाले गुमाए ज्यान, ४ हजार बढी घाईते (फोटोसहित)

काठमाडौं । लेबनानको राजधानी बेरुतमामा मंगलवार साँझ भएको भयानक बम बिष्फोटले पुरा शहर नै तहसनहस बनेको छ ।

यो बिष्फोटले करिव १० किलोमिटरको क्षेत्र सखाप बनाएको छ । यो घटनामा करिव ७८ जनाको मृत्यु भईसकेको छ ।

lebnan2.jpeg

साथै ४ हजार भन्दा धेरै मानिसहरु घाईते भएका छन् । शुरुवाती अनुसन्धानका क्रममा पटाका बनाउनको लागि राखिएको करिव २ हजार ७५० टन अमोनियम नाइट्रेट यो बिष्फोटको मुख्य कारण हो ।

lebnan7.jpg

लेबनान सरकारले भने यसलाई एक दुर्घटना मात्र भएको बताएको छ । तर यो बिष्फोट दुर्घटना मात्र हो वा रचेको घटना हो भन्ने बारेमा अहिलेसम्म केहि स्पष्ट छैन ।

https://twitter.com/sahouraxo/status/1290787258568593408?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1290787258568593408%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.patrika.com%2Fmiscellenous-world%2F2750-ton-amonium-nitrate-used-for-blast-in-lebnan-6318498%2F

यो भन्दा पहिला लेबनानका स्वास्थ्य मन्त्रीले शहरमा ठूलो आवाज सुनिएको बताएका थिए ।

लेबनानका प्रधानमन्त्री हसन दिएबका अनुसार यो बिष्फोटको कारण २७५० टन अमानियम नाइट्रेट भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?