जो बने ‘तीनहप्ते’ सचिव

अस्ति सोमबारको मन्त्रिपरिषद् बैठकले सुशील भट्टलाई लगानी बोर्डको सिइओ बनाउने, सचिवमा वीरबहादुर राईलाई उकाल्ने र स्वास्थ्य बिमा बोर्डमा पूर्वसचिव डा. सेनेन्द्रराज उप्रेतीलाई लैजाने निर्णय ग¥यो । वीरबहादुर तीन हप्तापछि ५८ वर्षे उमेर हद लागेर अनिवार्य अवकाशमा जाँदै छन् । यसअघि सचिव पाएका विष्णु नेपाल, मानबहादुर विकहरू यही वर्ष उमेर हद लागेर घर जाने कर्मचारी हुन् । यो आर्थिक वर्षमा मात्र मुख्यसचिव रेग्मीसहित १८ सचिव र ६० जना सहसचिव उमेर हदका कारण घर फर्कंदै छन् । जनआस्थामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?