कोरोनाको प्रकोप : अमेरिकामा झनै बढे मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ४ हजार ३४७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८७ लाख ८३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड १९ लाख १५ हजार २२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ४८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ६० हजार २९० जनाको मृत्यु भएको छ भने ४९ लाख १८ हजार ४२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ८१ हजार ६८० जना संक्रमण मुक्त भएका छन् भने २२ लाख ७६ हजार ४५० जना स्वास्थ्योपचाररत छन् ।

त्यस्तै १८ हजार ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ९ हजार ७०३ जनाको मृत्यु भएको छ भने ५ लाख २७ हजार १८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ४ लाख ९७ हजार ३३० जनालाई संक्रमण भएको छ भने ७ हजार ४०२ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा ७ हजार ६६० जनाको मृत्यु भएको छ भने ४ लाख ७२ हजार ४७६जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार मात्रै ५४ हजार ५०४ जनालाई संक्रमण भएको छ भने १ हजार ३६२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?