कोरोना कहर : भारतमा मंगलवार थपिए आधा लाख भन्दा बढी कोरोना संक्रमित, मृतक यति धेरै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ४ हजार ३४७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८७ लाख ८३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड १९ लाख १५ हजार २२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ४८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३९ हजार ८२० जनाको मृत्यु भएको छ भने १९ लाख ६ हजार ६१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १२ लाख ८१ हजार ६६० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ८५ हजार १३३ जना स्वास्थ्इोपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ५१ हजार २८२ जना संक्रमित थपिएका छन् भने ८४९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?