पाकिस्तानको नयाँ जारी गरेको नक्शामा भारतको आक्रोश

भारतले पाकिस्तानको नयाँ राजनीतिक नक्सालाई लिएर तीव्र आक्रोश व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पाकिस्तानको नयाँ नक्सा जारी गर्ने कदमलाई मूर्खतापूर्ण भनेको छ ।

‘यो राजनीतिक मूर्खतापूर्ण कदम हो । भारतीय राज्य गुजरात र जम्मु–कश्मीर एवं लद्दाखलगायत केन्द्र शासित राज्यमा आफ्नो दाबी गर्नु बेवकुफी हो । यस्तो हास्यास्पद दाबीको न कानुनी वैधता छ न यसले अन्तर्राष्ट्रिय मान्यता नै पाउँछ । वास्तवमा यसले सीमापार आतंकवादलाई समर्थन गर्ने क्षेत्रीय आन्दोलनलाई साथ दिने पाकिस्तानको नियत पुष्टि गरेको छ,’ मन्त्रालयले भनेको छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?