सबै भन्दा धेरै संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३ सय ८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८५ लाख ७१ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १७ लाख ७२ हजार ९ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ७ सय ३८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५९ हजार ४ सय ५७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ५ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४८ लाख २ हजार ७ सय ४४ पुगेको छ । हालसम्म २४ लाख ५५ हजार १ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ७ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २७ लाख ५९ हजार ४ सय ३६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९५ हजार ७८ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १९ लाख २१ हजार ३ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ७६ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३९ हजार ८ सय १८ पुगेको छ । बितेको २४ घण्टामा ५० हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १९ लाख ६ हजार १ सय २१ पुगेको छ । हालसम्म १२ लाख ८० हजार २ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ४७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ३ सय ५१ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय ५९ जनामा कोरोना पुष्टि भएको र १ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ६१ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ६१ हजार ४ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९ पुगेको छ । हालसम्म ५ लाख १६ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ३ लाख ५८ हजार ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?