विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३ सय हजार ८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८५ लाख ७१ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड १७ लाख ७२ हजार ९ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ७ सय ३८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?