भारतको अयोध्यामा राम मन्दिर निर्माण कार्यको शुभारम्भ

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथीहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो ।

९ महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न दिइने फैसला सुनाएको थियो । त्यसअघि बाबरी मस्जिद र राम मन्दिर निर्माणका लागि आ–आफ्नो माग दाबी गर्दै ७० वर्षसम्म अदालती लडाँइ चलेको थियो ।

अदालतले विवादित भूमीमा राम मन्दिर निर्माण गर्न दिइने र मुस्लिमहरुका लागि अयोध्यामै अलग ५ एकड जमिन उपलब्ध गराउने फैसला गरेको थियो । यस फैसलापछि भगवान् रामको जन्मभूमीमा राम मन्दिर निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?