पाकिस्तानले जारी गर्‍यो कास्मिरीसहित समेटेर नयाँ नक्सा

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत स्वशासित कास्मिरी भूूभाग समेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेका छन् ।

भारतले कास्मिरको अर्ध स्वायत्तता खारेज गर्ने कदम चालेको एक वर्ष पुुग्न एक दिन बाँकी रहदाँ पाकिस्तानी प्रधानमन्त्रीले नयाँ नक्सा सार्वजनिक गरेका हुन् । विदेशमन्त्री साह मेहमुद कुरैसीसँगै राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री इमरानले मंगलबार नै नयाँ नक्साले केन्द्रीय क्याबिनेटबाट स्विकृति पाएको र यसलाई स्कुल र कलेजमा पठन–पाठनमा समेत प्रयोग गर्न सकिने बताए ।

भारतले गत वर्ष ५ अगस्टमा जम्म–कास्मिरको स्वायत्तता खोस्ने तथा लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउनेगरी चालेको कदमलाई यस नक्साले अमान्य ठहर गरेको इमरानले बताएका छन् ।

इमरानका अनुसार संयुक्त राष्ट्रसंघले विगतमा ल्याएको समाधान प्रस्तावले कास्मिरी जनतालाई आत्मनिर्णयको अधिकार दिएको छ । ‘उनीहरुलाई विश्व समुदायले दिएको आत्मनिर्णयको अधिकार अझै दिइएको छैन र हामी स्पष्ट रुपमा विश्वलाई भन्न चाहन्छौं कि यो एकमात्रै समाधान हो,’ उनले भने । उनले समाधानका लागि पाकिस्तान सरकारका तर्फबाट प्रयास गरिने पनि बताए । ‘हामी राजनीतिक संघर्ष गछौं, हामी सैनिक समाधानमा विश्व गर्दैछौं । हामी संयुक्त राष्ट्रसंघलाई फेरि फेरि पनि संझाउँछौं कि तपाईहरुले कास्मिरका जनतासँग गर्नुुभएको प्रतिवद्धता पूरा गर्नुु भएको छैन,’ उनले भने ।

नयाँ नक्साबारे बोल्दै पाकिस्तानी विदेशमन्त्री कुरैसीले प्रशासनिक नक्सा विगतमा जारी गरिएपनि जनताको इच्छाअनुसारको नक्सा पहिलोपटक सार्वजनिक भएको बताए । उनले यस नक्सामा स्पष्ट रुपमा भारत स्वशासित कास्मिरलाई विवादास्पद भूमीका रुपमा देखाइएको र एउटै समाधान संयुक्त राष्ट्रसंघको समाधान प्रस्ताव र जन चाहनाअनुसार अघि बढ्नुु रहेको बताए । कुरैसीले नयाँ नक्साबारे सम्पूर्ण पाकिस्तानमा एकमत रहेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?