स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट साउन २० गते एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले निज सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?