काठमाडौं । रियल मड्रिडका लेजेण्ड ईकर कासिलासले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । विश्व विजेता स्पेनिस गोलकिपर कासिलासले मंगलबार २२ वर्षे फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
सामाजिक संजालमा एक विज्ञप्ति निकाल्दै कासिलासले फुटबल जीवनको अन्त्य गर्ने निर्णय गरेको बताएका छन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिन थालेपछि ३९ वर्षे कासिलासले ग्लोभ्स थन्काउने निर्णय गरेका हुन् ।
हृदयघात भएपछि कासिलासले सन् २०१९ को मेपछि कुनैपनि खेल खेलेका छैनन् । कासिलासले रियलबाट ५ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । कासिलासले रियलबाट ७ सय खेल खेलेका थिए ।
कासिलासले स्पेनबाट सन् २०१० को विश्वकप जितेका थिए । उनले सन् २०१६ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया