चीनले अमेरिकालाई फेरि दियो चेतावनी !

काठमाडौं । अमेरिका र चीनबीचमा एक महिना यता तनाव ग्रस्त अवस्था रहेका छ ।

कोरोनाको सत्य जानकारी दिन ढिला गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमप चीनविरुद्ध खनिएपछि यो अवस्था सिर्जना भएको हो ।

दक्षिण चीन सागरमा अमेरिकाले आफ्नो लडाकू विमानसहित सैन्य शक्ति तैनाथ गरेको छ । त्यस्तै चीनले पनि आफ्नो दक्षिण चीन सागरमा एक हजार वर्ष पहिला देखि भएको भन्दै आफ्ना सैनिकहरु युद्धाभ्यास गराईरहेको छ ।

यसैबीच चीनले फेरी अमेरिकालाई अमेरिकामा रहेका चिनियाँ पत्रकारलाई निशाना बनाउन लागेको भए यसको जवाफ दिन चीन तयार रहेको बताएको हो ।

हंगकंगमा अमेरिकी पत्रकारलाई पनि चीनले निशाना बनाउन सक्ने भएको बताएको हो । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका सम्पादक इन चीन हू शिजिनले आफ्नो ट्वीटर अकाउण्टमा लेखे, ‘अमेरिकाले चिनियाँ पत्रकारलाई भिसामा रोक लगाईरहेको छ ।’

अमेरिकाले आफ्नो देशमा चीनका पत्रकारहरुको भिसा ९० दिनको लागि मात्र सिमित गरिदिएको छ ।

यसबाट कति चिनियाँ पत्रकार प्रभावित बनेका छन् यो पुष्टि हुन सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?