काठमाडौं । सामाजिक अभियन्ता एवम् समाजसेवी ताराबहादुर कुँवरले आगलागीबाट विस्थापित भएका चितवनको चेपाङ बस्तीमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
समाजसेवी कुँवरले चितवनको माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माणको लागि ४१ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएका हुन् । उनको सहयोगले जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माण सहयोग पुगेको छ ।

उनको यो सहयोगसँगै डढेलो लागेको चेपाङ बस्ती निर्माण अभियानको सुरुवात भएको छ । कुँवरले त्यहाँको स्थानीय जनप्रतिनिधिको रोहोबरमा चेपाङ बस्ती निर्माण समिति गठन गरेर सहयोग रकम हस्तान्तरण गरिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता बिक्रम पाण्डेको क्षेत्र भएपनि उनीहरु पुगेका छैनन् । समाजसेवी कुँवरको उपस्थितीले उनीहरु खुसी भएको एक स्थानीयले बताए ।
समाजसेवी कुँवरले लकडाउनका बेला समस्यामा परेका गरिब तथा मजदुरहरुलाई राहत सामाग्री उपलब्ध गराएका थिए । कुँवर चक्रपथ सरसफाई अभियन्ता तथा नेपाली हेभी इक्विप्मेन्ट व्यवसायीहरुको महासंघका अध्यक्ष समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया