जनकपुर । बितेको २४ घण्टामा प्रदेश नम्बर २ मा १४ जना नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश नम्बर २ का विभिन्न जिल्लामा गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४५ पुगेको छ ।
आज थपिएका कोरोना संक्रमितमध्ये महोत्तरीको जलेश्वर नगरपालिका प्रकौली स्थित रणभीम गणमा रहेका १४ जना नेपाली सेना रहेका छन् ।
त्यस्तै यसअघि पनि सोही गणमा कार्यरत्त १० जना नेपाली सेनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका घर भइ अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका ३२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार जनकपुरधामस्थित माछापुच्छे« बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैंकमा कार्यरत २९ वर्षीया एक महिला, ३० वर्षिय र ३१ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । केहीदिन अघि यसै बैंकका १ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ४ र १५ का २३ देखि ४४ वर्ष उमेरका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै धनुषाकै सबैला नगरपालिका वडा नम्बर ७, धनौजी गाउँपालिका, विदेह नगरपालिका र जनस्वास्थ्य कार्यालयका १ तथा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
निर्देशनालयका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ का ७, सिरहाका औरही गाउपालिका वडा नम्बर ९ का १ र सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर १ का एक जनामा संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया