काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि जोखिम न्यूनिकरणका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गरेका छन् ।
बैठकमा देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले बताए ।
छलफलमा विज्ञ तथा उपस्थित मन्त्रीहरुले परीक्षणको दायरा बढाउने, संक्रमित क्षेत्रलाई आवश्यक्ताअनुसार कडाई गर्ने वा २ हप्ता लकडाउन गर्ने वा लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने लगायतका विषयमा सरकारलाई सल्लाह दिएको विज्ञ पाण्डेले जानकारी दिए । उनले भने, ‘परीक्षणको दायरा ब्यापक बढाएर संक्रमित क्षेत्रलाई आबश्यकता अनुसार कडाइ गर्ने वा २ हप्ता लकडाउन गर्ने वा लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई शिल गर्ने ।’
प्रधानमन्त्रीसँगको भेटघाटमा के के विषयमा छलफल भयो ? यसो भन्छन् पाण्डे
आज सम्माननीय प्रधानमन्त्रीज्यूको निमन्त्रणामा प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुको छलफल भयो ्र देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने रु भन्ने बिषयमा गहन छलफल भयो ्र परीक्षणको दायरा ब्यापक बढाएर संक्रमित क्षेत्रलाई आबश्यकता अनुसार कडाइ गर्ने वा २ हप्ता लकडाउन गर्ने वा लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई शिल गर्ने, मास्कको प्रयोग र व्यक्तिगत दुरी कायम गराउन कडाइ गर्ने, आइसोलेसन तथा अस्पतालको क्षमता बढाउन अधिकतम प्रयास गर्नुपर्ने, नेपाली नागरिक बाहेकलाई सिमानामा कडाइ गर्ने, संक्रमित क्षेत्रबाट भइरहेको आवतजावत नियमन गर्ने, संगठित बसोबासका पेशामा पनि जनस्वास्थ्यका मापदण्ड लागु गराउने लगायत बिबिध बिषयमा स्वास्थ्य विज्ञ, योजना आयोगका पूर्व उपाद्यक्षहरु तथा अन्य बिज्ञ बीच छलफल भयो ।
छलफलमा प्रधानमन्त्रीज्यु, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता महन्त ठाकुर तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफ्नो मन्तब्य राख्नुभएको थियो भने माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति थियो । बैठक ४ घण्टा चलेको थियो ।
विज्ञको रायलाई सीसीएमसी तथा क्याबिनेटमा छलफल गरेर कार्यान्वयन गर्ने सम्माननीय प्रधानमन्त्रीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया