काठमाडौं – नेपालमा आज (मंगलवार) थप २५९ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।
नेपालमा हिजो (सोमवार) ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कुन प्रदेशमा कति छन उपचाररत कोरोना संक्रमित ?
जसमा प्रदेश नम्बर १ मा ३ सय ३४ जना, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७ जना, बागमती प्रदेशमा ७ सय १६ जना, गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । त्यस्तै प्रदेश नम्बर ५ मा ३ सय ३५ कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।
नेपालमा १५ हजार बढी कोरोना संक्रमण मुक्त, कुन प्रदेशका कति ? (विवरणसहित)
नेपालमा बितेको २४ घण्टामा थप ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार २६ जना रहेका छन् ।
कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ८७५जना
प्रदेश २ मा ३१८४जना
वाग्मती प्रदेश ५४३ जना
गण्डकी प्रदेशमा १३४८ जना
प्रदेश ५ मा ४०७० जना
कर्णाली प्रदेशमा १७३० जना
सुदूरपश्चिम प्रदेशमा ३२७६ जना
हाल कोरोना संक्रमित नभएका यी ४ जिल्ला
भोजपुर
संखुवासभा
मनाङ
मुस्ताङ
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ३ जिल्ला
महोत्तरी
रौतहट
कैलाली
कोरोनाको कारण ५८ औँ व्यक्तिको मृत्यु
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ५ आदर्श टोल बस्ने ७७ वर्षीय पुरुष रहेका छन् ।
उनको साउन १९ गते सोमवार (हिजो) मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि हिजो नै बिहान साँढे ९ बजे कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उनमा पहिल्यैदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको थियो ।
मंगलवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मंगलवार एकैपटक ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलवार संक्रमण पुष्टि हुनेमा काठमाडौंका ४८, भक्तपुर १३ र ललितपुरका एक जनामा गरि ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ३८ जना र भक्तपुरका ११ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका २ जना र ललितपुरका १ जना, बिआईडिएच ल्याबमा गरिएको परीक्षणमा ३ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा भक्तपुरकै १ जनामा गरी बितेको २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
आज थपिएका संक्रमितबारे यस्तो छ विवरण
झापाका ८ जना, मोरङका २३ जना, सुनसरीका १२ जना, धनुषाका १४ जना, सिरहाका २ जना, सप्तरीका ७ जना, महोत्तरीका १५ जना, सर्लाहीका २६ जना, कास्कीका २ जना, काठमाडौंका ४८ जना, ललितपुरका १ जना, रुपन्देहीका ८ जना, बाराका ७ जना, भक्तपुरका १३ जना, कास्कीका १ जना, लमजुङका १ जना, पर्वतका १ जना, स्याङजाका ४ जना, गुल्मीका ५ जना, बाँकेका ११ जना, सल्यानका ३ जना, कपिलवस्तुका २ जना, बझाङका १ जना, नुवाकोटका २ जना, तनहुँका १ जना, रुकुमपश्चिमका १ जना, चितवनका १ जना, पर्साका १ जना, अछामका ११ जना, कैलालीका २२ जना इलामका २ जना
नागढुंगा, साँगा र फर्पिङ नाकामा ४० जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन् । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया