एकै दिन ८ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा गरी एकै दिन ८ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-११ बबरमहल डेरा गरी बस्ने मोरङ घर भएकी २३ वर्षीया सिता थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी फुलबारी मार्ग जाने बाटो नजिक निर्माणाधिन घरको पहिलो तलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको तुवामाई नगरपालिका-१० पोखरी बाँधस्थित नहरमा भारत घर भएका ४० बर्षीय सोम सतार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कन्काई नगरपालिका-२ स्थित सन्का खोला छेउको चौरमा सोही नगरपालिका सिम्सार बस्ने ५९ बर्षीय सुरका सोरेन सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कमल गाउँपालिका-७ लालधोन्द्रा बस्ने ६६ बर्षीय सनमान धिमाल आफ्नै घरमा सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचुरे बस्ने ५५ बर्षीया ठुलो कान्छी गुभाजु सोही गाउँपालिका-३ धारापानीस्थित खिम्ती खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । साउन ११ गतेदेखि हराई बेपत्ता भएकी उनको खोजतलास गर्ने क्रममा खोलाको किनारमा शव फेला परेको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका-६ चम्तडीस्थित चौलानी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब १२ बर्षीय बालकको शव सोमबार फेला परेको छ ।

नुवाकोटको बिदुर नगरपालिका-४ गणेश मन्दिर टोल बस्ने ५५ वर्षीय पशुपती थपलिया आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको दंगीशरण गाउँपालिका-७ बस्ने ७२ वर्षीय बिष्णु लाल चौधरी बबई गाउँपालिका-७ ओदालेस्थित बबई नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?