काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूले लोकसेवा आयोगको विज्ञापनवाट मात्र पदपुर्ती गर्न माग गरेको छ । हालै मन्त्रिपरिषदको वैठकले विभिन्न मन्त्रालयका लागि भनेर स्विकृत गरेको कोटा तर्फ लक्षित गर्दै अनेरास्ववियूले लोकसेवा छलेर आसेपासेवाट पदपूर्ति गर्न नहुने वताएको छ ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा मंगलवार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘सुसासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनै पनि काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्ने गरी लोकसेवा आयोगलाई नै विज्ञापन माग गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौं ।’
अनेरास्ववियूले वढ्दो कोरोना महामारी नियन्त्रण गर्न उचित कदम चाल्न , परिक्षणको दायरा व्यापक रुपमा वढाउन र विद्यार्थीको कोरोना विमा गर्न पनि सरकार समक्ष माग गरेको छ। यसैगरी अनेरास्ववियूले भाद्र १ गतेदेखि भर्ना अभिलेख राख्ने गर्ने भन्ने सरकारको निर्णयको अपब्याख्या गरि विद्यालय संचालन गर्ने तयारी प्रति समेत आपत्ति प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालन सम्वन्धि संयन्त्रहरुले सरकारले जारी गरेको सुचनालाई गलत अर्थ लगाई भदौ १ गते देखि पठनपाठन शुरु गर्न भनी गरेको निर्देशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया