हेर्नुहोस् २०७७ साल साउन २१ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन २१ गते । बुधवार । इ.स.२०२० अगष्ट ०५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने.सं. ११४० बछलागा । भाद्र कृष्णपक्ष । तिथी द्वितीया,२१ बजेर ३५ मिनेट उप्रान्त तृतीया ।

नक्षत्र– धनिष्ठा,०९ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग–सौभाग्य,०६ बजेर १६ मिनेट उप्रान्त शोभन । करण– तैतिल,०९ बजेर ०९ मिनेट उप्रान्त गर,२१ बजेर ३५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा– मित्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ५ बजेर २९ मिनेटमा, सूर्यास्त १८ बजेर ४८ मिनेटमा । दिनमान ३३ घडी १६ पला । पञ्चक। रोपाइँजात्रा। दथुसाय यलमतया।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समयले साथ दिने हुदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला । पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन मध्यम रहेको छ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारको शिलशीलामा छोटो दुरिको यात्रा भएपनि अधिक सम्भावना रहेको छ भने व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्वन्धीत पेशा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन उत्तम रहेको छ । वौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ती तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यवसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ती फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ । अध्ययनमा मन नजानाले वौद्धिक क्षेत्र साँघुरो हुनेछ । व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था खस्कनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव सिर्जना हुनेछ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । तरपनी ईमान्दार तथा लगनशील भएर लाग्नाले उपलब्धी हात पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने यात्राको गतिलो योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?