कुन प्रदेशमा कति छन उपचाररत कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । नेपालमा हाल जम्मा ५ हजार ९ सय २५ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।

जसमा प्रदेश नम्बर १ मा ३ सय ३४ जना, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७ जना, बागमती प्रदेशमा ७ सय १६ जना, गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । त्यस्तै प्रदेश नम्बर ५ मा ३ सय ३५ कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । मंगलबार देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना उपचाररत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?