नेपालमा १५ हजार बढी कोरोना संक्रमण मुक्त, कुन प्रदेशका कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार २६ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ८७५जना

प्रदेश २ मा ३१८४जना

वाग्मती प्रदेश ५४३ जना

गण्डकी प्रदेशमा १३४८ जना

प्रदेश ५ मा ४०७० जना

कर्णाली प्रदेशमा १७३० जना

सुदूरपश्चिम प्रदेशमा ३२७६ जना

नेपालमा आज (मंगलवार) थप २५९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?