काठमाडौं- बितेको २४ घण्टामा थपिएका २५९ जना कोरोना भाईरस ‘कोभिड – १९’ का संक्रमितमध्ये काठमाडौंमा मात्रै थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ३८ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा ५ जना, स्टार अस्पताल सानेपामा थप २ जना, बिआईडिएच ल्याबमा गरिएको परिक्षणमा ३ जना गरी बितेको २४ घण्टामा मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो काठमाडौंमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गत साउन ७ गतेबाट एकाध बाहेक सबै क्षेत्रमा लकडाउन खुल्ला गरेसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढीरहेको छ ।
यस्तै बितेको २४ घण्टामा भक्तपुर १३ र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच नेपालमा आज (मंगलवार) थप २५९ जनामा कोरोना भाईरस ‘कोभिड’ १९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक ट्रेसिङ’ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा थप एकजनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।
नेपालमा हिजो (सोमवार) ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया