भक्तपुर जिल्लामा थपिए १३ कोरोना संक्रमित

काठमाडौं । भक्तपुरमा बितेको २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ११ जना, नेपाल प्रहरी अस्पताल महारागञ्जमा गरिएको परीक्षणका क्रममा १ जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४८ र ललितपुरका १ जना रहेका छन् ।

हिजो मात्र काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?