कोरोनाको कारण ५८ औँ व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ५ आदर्श टोल बस्ने ७७ वर्षीय पुरुष रहेका छन् ।

उनको साउन १९ गते सोमवार (हिजो) मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि हिजो नै बिहान साँढे ९ बजे कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उनमा पहिल्यैदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?