प्रदेश नं ५ को संसदीय दलका नेतामा कनौडिया

काठमाडौं । प्रदेश नं ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रस संसदीय दलका नेतामा वीरेन्द्रकुमार कनौडिया आज सर्वसम्मत चयन भएका छन् ।

पार्टी संसदीय दलको बैठकले उनलाई दलका नेताका रुपमा चयन गरेको प्रदेश नं ५ प्रदेशसभा कांग्रसका सचेतक निर्मला क्षेत्रीले जानकारी दिए । कनौडिया यसअघि दलका उपनेता थिए ।

कपिलवस्तु ३ (ख) बाट निर्वाचित उनीलाई दलका नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र प्रदेशसभा सदस्य डिल्ली चौधरीले समर्थन गरेका थिए । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरलको निधनपछि कनौडिया कार्यवाहक नेता भएका थिए । संसदीय दलका उपनेताको पद भने रिक्त छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?